काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँले हस्ताक्षर गरेको संविधान आफैँले नमानेको आरोप लगाएका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बिडारीले संविधानको धारा १७६ को प्रशंग कोट्याउँदै ओलीले सर्वोच्चको फैसलामा आलोचना गर्न नहुने जिकिर गरे ।
संविधानको धारा १७६ मा सर्वोच्च अदालतको निर्णय सबैले मान्नुपर्ने भन्ने कुरामा सबैले हस्ताक्षर गरेको र त्यसमा स्वयं केपी ओलीको समेत हस्ताक्षर रहेपनि अहिले अदालतको निर्णयप्रति ओलीले टिप्पणी गर्न नहुने बताए ।
“धारा १७६ मा सर्वोच्चले गरेको निर्णय सबैले मान्नुपर्छ । सर्वोच्चको निर्णयले सबैले मान्नुपर्छ भन्नेमा स्वंय ओलीले समेत हस्ताक्षर गरेका छन् ।” उनले भने ।
यसैगरी जनादेशबाट आएको सरकार चल्न नसकेपछि परमादेशबाट सरकार आएको बताउँदै त्यसमा गरिएको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।
“यो परमादेशलाई गिज्याउने अधिकार कसले दियो । अहिलेको सर्वोच्चको निर्णय संसद सञ्चालन गर्न सक्छ ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया