प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

लोकपथ
294
Shares

सुनसरी। प्रहरीले सुनसरी र धरानको छुट्टा-छुट्टै स्थानबाट प्रतिबन्धित लागुषधसहित २ जनालाई पक्राउ गरेको छ ।

बुधवार (हिजो) बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नविन चौधरी उनकै ग्यारेजमा लुकाईछिपाई राखेको विभिन्न प्रतिबन्धित औषध फेला पारेको थियो ।
उनको साथबाट Spaspain – १००० ट्याव्लेट, Opatab-50 – ४०० ट्याव्लेट र Tramadol Hydrochloride -२२ ट्याब्लेटसहित  चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो राति साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई Spaspain – १४५ ट्याव्लेट, र Tramadol – १६३ ट्याव्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाउपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

 

त्यस्तै बुधवार राति साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई Spaspain – १४५ ट्याब्लेट र Tramadol – १६३ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार पक्राउ परेका २ जनाउपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?