२२ श्रावण २०७८, शुक्रवार

दमकमा अघिल्लो वर्षभन्दा दोब्बर नागरिकता वितरण

२०७८,श्रावण,७,बिहीवार १२:३८


दमक । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ ।

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७÷७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।

आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिनुभयो । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।

एक करोड २२ लाख बढी राजश्व सङ्कलन

सोही वर्ष राहदानीबापत एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत एक लाख ५७ हजार ८५०, बेरुजु रु आठ हजार १५१ गरी कूल एक करोड २२ लाख ५२ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,७,बिहीवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ५७ केजी फ्रि-स्टाइल कुश्ती विधातर्फ भारतका रवि कुमार दहियाले रजत पदक जितेका

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक साढे ११ बजे

काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८