१० कार्तिक २०७८, बुधबार

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

२०७४,आश्विन,२२,आईतवार ०८:५५

0
Shares

मनाङ, २२ असोज ।देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ ।एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहेका छन, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ ।त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहेका छन । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली काँगे्रस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपालीे काँग्रेसले दुई वटामा जित हासिल गरेको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०८:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। आज महेन्द्रनगरस्थित मझगाउँ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार आगामी मंसिर २७ देखि

ताजा समाचार