जसपा विवाद : आयोगमा बहस जारी, आजै निर्णय आउने सम्भावना

लोकपथ
273
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि आज पनि निर्वाचन आयोगमा बहस भइरहेको छ ।

जसपाको महन्थ र उपेन्द्र पक्षबीच पार्टी विवादका कारण आयोगमा आधिकारिकता दाबीका लागि निवेदन दर्ता भएको थियो ।
सोहीअनुसार आजै बहस सकिनेगरी सुनुवाइ भइरहेको आयोगले जनाएको छ ।

जसपाको विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन भएको थियो ।

गत साउन ३ गतेबाट आयोगले बहस थालेको छ । आयोगमा महन्थ र उपेन्द्र पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?