झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्नेबारे धनराज गुरुङको आपत्ति

लोकपथ
247
Shares

काठमाडौं । यतिबेला पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्चका विषयमा विवाद भइरहेको छ ।

सोही क्रममा भारतको अपोलो अस्पतालामा उपचाररत नेता खनाललाई जनस्वास्थ्य ऐनविपरीत उपचार खर्च निकासा गर्न लागेको भन्दै कांग्रेस नेता धनराज गुरुङले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गुरुङले ओली नेतृत्वको सरकारले नियमविपरीत ३० लाख रुपैयाँ निकासा गराएको बताउँदै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिन नहुने बताए ।

उहाँ (झलनाथ खनाल) को उपचार खर्चबापत ओली सरकारले ३० लाख निकासा गरिसकेको र वर्तमान सरकारले पनि उहाँको उपचार गराउने प्रतिबद्धता जनाएको छ। सरकार ! नेतालाई जनस्वास्थ्य ऐन २०७५ विपरीत उपचार खर्च उपलब्ध नगराऔ। कानुनभन्दा माथि नेता हुँदैनन्।” उनले भनेका छन् ।

नेता गुरुङले नेता खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

तत्कालीन ओली नेतृत्वको सरकारले जनस्वास्थ्य ऐन २०७५ विपरीत नेता खनालको उपचारको लागि खर्च उपलब्ध गराउने घोषणा गरी रकम उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?