आजको बजार : ७ सयले घट्यो सुन, चाँदी बढ्यो

लोकपथ
195
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

बुधवारको तुलनामा बिहीवार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ७ सयले गिरावट आएको हो । बुधवार सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो भने आज ९१ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ३ सय रहेको छ ।

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १ हजार २ सय ६० रहेको थियो । भने आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १ हजार २ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?