एयरपोर्ट गेटको ट्राफिक लाइट सञ्चालनमा

लोकपथ
1.1k
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा।ली।सँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाइटको आजै एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए। प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौ, सम्बन्धित सरोकारवाला निकायबाहेक विभिन्न संघसंस्था, बैंक बित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको मुलगेटमा लाइट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना रहेको छ ।” एसएसपी भट्टराईले भनेका छन् ।

कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए। उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखाले खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाइन्सका पदाधिकारी, स्थानिय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?