२०३२ ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा

काठमाडौं। सन् २०३२ को ओलम्पिक तथा प्यारालम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा हुने पक्का भएको छ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले बुधवार अस्ट्रेलियन सहर ब्रिसबेन तथा दक्षिण पूर्वी क्विन्सल्यान्ड क्षेत्रलाई सन २०३२ को ओलम्पिक आयोजक सहरको रूपमा पक्का गरेको हो।

जम्मा ३७ स्थानमा खेलिने ब्रिसबेन ओलम्पिकको प्रारम्भिक मिति जुलाई २३ देखि अगस्ट ८ घोषणा गरिएको छ भने प्यारलम्पिक खेलहरु अगस्ट २४ देखि स्पेटेम्बर ५ सम्म खेलिने तालिका रहेको छ।

अस्ट्रेलियाले आयोजना गर्न लागेको यो तेस्रो ओलम्पिक हो। यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी मा आयोजना भएको ओलम्पिक पहिलो पटक ब्रिसबेन पुग्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?