९ चैत्र २०७९, बिहीवार

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

२०७४,आश्विन,२२,आईतवार ०८:५५

0
Shares

मनाङ, २२ असोज ।देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ ।एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहेका छन, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ ।त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहेका छन । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली काँगे्रस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपालीे काँग्रेसले दुई वटामा जित हासिल गरेको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०८:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००