आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

लोकपथ
91
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदै छ ।

नेकपाका संस्थापक पुष्पलालको स्मृतिमा विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरेका छन् । आज दिउँसो नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा स्मृति दिवस मनाउँदै छ ।

वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनले विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर ऐतिहासिक काम गरेको थिए ।  उनको निधन २०३५ साल साउन ७ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?