ओलम्पिकमा महिला फुटबल शुरु, नेदरल्यान्ड्स र ब्राजिलको शानदार शुरुवात

काठमाडौं। टोकियो ओलम्पिक २०२० औपचारिक रूपमा शुरु हुनु अघि नै महिला फुटबल विधाका खेलहरु शुरु भइसकेका छन्।

फुटबल खेलको लागि समय र स्थान धेरै चाहिने भएको कारणले औपचारिक रूपमा ओलम्पिक शुरु हुनु अघि नै यस विधाका खेलहरु सञ्चालन हुने गरेका छन्। त्यस्तै बुधवार ‘जुलाई २१’ देखि नै महिला फुटबल शुरु भइसकेको छ।

शुरुवाती चरणका खेलमा ब्राजिल र नेदरल्यान्ड्सले शानदार जित निकाल्न सफल भएका छन्। ब्राजिलले चीनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दा नेदरल्यान्ड्सले जम्बियाको पोस्टमा १० गोल गर्न सफल भएको छ।

पहिलो चरणका खेल सकिँदा चार पटक ओलम्पिक स्वर्ण पदक विजेता संयुक्त राज्य अमेरिकाको महिला टोलीले भने अप्रत्याशित पराजय भोग्न पुग्यो। बलियो र दावेदार मानिएको वर्तमान विश्वकप विजेता अमेरिकाले स्वीडेनविरुद्ध ३-० गोलको फराकिलो अन्तरले पराजय भोगेको थियो।

समूह चरणका नतिजा

समूह ई

ग्रेट ब्रिटेन २-० चिले

एलेन व्हाइट, ग्रेट ब्रिटेन (१७ मिनेट, ७२ मिनेट)

जापान १-१ क्यानाडा

क्रिस्टिन सिङ्क्लेर, क्यानाडा (६ मिनेट)
माना इवाबुची, जापान (८४ मिनेट)

 

समूह एफ

चीन ०-५ ब्राजिल

मार्टा, ब्राजिल (९ मिनेट)
डेविन्हा, ब्राजिल (२२ मिनेट)
मार्टा, ब्राजिल (७४ मिनेट)
आन्द्रेस आलभेस, ब्राजिल (८० मिनेट पेनाल्टी)
वित्रिज, ब्राजिल (८९ मिनेट)

जाम्बिया ३-१० नेदरल्यान्ड्स

मियेडेमा, नेदरल्यान्ड्स (९ मिनेट)
मार्टेन्स, नेदरल्यान्ड्स (१४ मिनेट)
मियेडेमा, नेदरल्यान्ड्स (१५ मिनेट)
बान्दा, जाम्बिया (१९ मिनेट)
मियेडेमा, नेदरल्यान्ड्स (२९ मिनेट)
मार्टेन्स, नेदरल्यान्ड्स (३८ मिनेट)
भ्यान डे सान्देन, नेदरल्यान्ड्स (४४ मिनेट)
मियेडेमा, नेदरल्यान्ड्स (५९ मिनेट)
जिल रूर्ड, नेदरल्यान्ड्स (६४ मिनेट)
बिरेनस्टेन, नेदरल्यान्ड्स (७५ मिनेट)
पेलोभा, नेदरल्यान्ड्स (८० मिनेट)
बान्दा, जाम्बिया (८२ मिनेट)
बान्दा, जाम्बिया (८३ मिनेट)

 

समूह जी

स्वीडेन ३-० संयुक्त राज्य अमेरिका

ब्लाकस्टेनस, स्वीडेन (२५ मिनेट)
ब्लाकस्टेनस, स्वीडेन (५४ मिनेट)
लिना हरटिग, स्वीडेन (७२ मिनेट)

अस्ट्रेलिया २-१ न्युजिल्यान्ड

टामेका याल्लोप, अस्ट्रेलिया (२० मिनेट)
सामन्था केर, अस्ट्रेलिया (३३ मिनेट)
ग्याब्रिएले रेन्ने, न्युजिल्यान्ड (९० मिनेट)

पुरुष तर्फको ओलम्पिक फुटबल खेल आज (बिहीवार)बाट शुरू हुने तालिका रहेको छ। आज चार समूहमा विभाजित १६ वटै राष्ट्रले पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?