डायबिटिज छ ? माछा खाने गर्नुहोस् (यस्ता छन् फाइदाहरू)

लोकपथ
1.7k
Shares

माछाको सेवन गर्नु र डायबिटिजबाट हुने जोखिमलाई कम गर्नु एउटै कुरा भएको चिकित्सक र डाइटिसियनहरू बताउने गर्छन् । माछाको सेवनले डायबिटिजलाई नियन्त्रण त गर्दैन १ यदि तपाईँमा मोटोपन धेरै भएको कारणले डायबिटिज हुने सम्भावित जोखिममा हुनुहुन्छ भने माछाको सेवनले धेरै हदसम्म तपाईँलाई डायबिटिज हुनबाट रोक्न मद्दत गर्छ ।

माछामा धेरै राम्रो पोषक तत्त्वहरू रहेका हुन्छन् । यसमा भएको ओमेगा थ्री, फ्याट्टि एसिड र अरू धेरै प्रोटिन र भिटामिन्सलाई धेरै राम्रो मानिन्छ । यसमा भिटामिन डी पनि रहेको हुन्छ जसले डायबिटिज भएका व्यक्तिहरूको शरीरमा भएको चिनीको मात्रालाई नियन्त्रण समेत गर्न मद्दत गर्छ ।

माछाको नियमित सेवनले डायबिटिजको समस्या हुनबाट रोक्छ भने मुटु रोग सम्बन्धी समस्याबाट समेत जोगाउन मद्दत गर्छ । यदि नियमित रूपमा माछाको सेवन गर्ने हो भने यसले शरीरमा भएको चिनीको मात्रालाई समेत सन्तुलनमा ल्याउँछ ।

ओमेगा थ्री फ्याट्टि एसिड

ओमेगा थ्री फ्याट्टि एसिडले केवल डायबिटिजलाई मात्र नियन्त्रण गर्दैन यसले हाम्रो शरीरलाई धेरै पक्षबाट स्वस्थ बनाउन समेत सहयोग गर्छ । ओमेगा थ्रीले ‘प्रो इन्फ्लेमेटरी साइटोकाइन्स’ लाई कम गर्छ । यसलाई डायबिटिज गर्ने मुख्य कारक समेत मानिन्छ । माछाको सेवनले हाम्रो शरीरमा रहेको कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । त्यसैले माछाको नियमित सेवनले डायबिटिज र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै नै मद्दत गर्छ ।

प्रोटिन

माछालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । प्रोटिनको स्रोत कुखुरा, खसी र राँगाको मासुमा पनि हुन्छ । तर माछामा पाइने प्रोटिनलाई उच्च गुणस्तरको मानिन्छ । माछाको सेवनले मानिसलाई हत्तपत्त भोक लाग्दैन । भोक कम लाग्दा शरीरमा इन्सुलिनको प्रतिक्रियालाई बढाउने गर्छ । त्यसैले माछामा हुने प्रोटिनले डायबिटिज हुने सम्भावनालाई धेरै नै कम गर्न मद्दत गर्छ ।

कम क्यालोरी

डायबिटिज हुने मुख्य कारण भनेकै मोटो शरीर हुनु हो । त्यसैले मोटोपन भएको व्यक्तिहरूले आफ्नो खानपिनमा कम क्यालोरी भएकै खानेकुराहरू खानु राम्रो मानिन्छ । कम क्यालोरी भएको खानेकुराले पेट भर्ने मात्र गर्दैन । यस्ता खानेकुराको सेवनले शरीरमा बोसो र धेरै क्यालोरीहरू जम्मा गर्न पनि दिँदैन । जसको कारण शरीरमा मोटोपन पनि हुँदैन । त्यसैले यस्तो किसिमको गुण अन्य खानेकुराको तुलनामा माछामा बढी पाइने गर्छ ।

भिटामिन डी

माछामा ओमेगा थ्रीका साथै भिटामिन डी पनि प्रशस्तै मात्रामा पाइन्छ । भिटामिन डीले हाम्रो शरीरमा हुनसक्ने डायबिटिजको जोखिमलाई कम गर्न पनि मद्दत गर्छ । यसले हाम्रो शरीरको इन्सुलिनको असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गर्छ । जसको कारण डायबिटिज हुने सम्भावनालाई पनि निकै कम गर्छ । खास गरी चिकित्सा विज्ञानको क्षेत्रमा डायबिटिज बढ्नुको मुख्य कारणमा इन्सुलिनमा सन्तुलन नभएको कारणले पनि हो भन्ने रहेको छ ।

भिटामिन बि १२

एक सर्वेक्षण अनुसार डायबिटिज भएका व्यक्तिहरूमा भिटामिन १२ को मात्रामा निकै कमी भएको पाइएको थियो । यदि तपाईँले नियमित रूपमा माछाको सेवन गर्नु हुन्छ भने तपाईँलाई भिटामिन बि १२ को कमी हुन दिदैंन । जसको कारण तपाईँलाई डायबिटिज हुने सम्भावना पनि निकै कम हुने गर्छ ।

फाइबर

माछामा फाइबरको मात्रा पनि धेरै हुने गर्छ । एक सर्वेक्षण अनुसार माछामा भएको डाइट्री फाइबरको सेवनले रगतमा हुने कोलेस्ट्रोलको मात्रामा समेत कमी हुन्छ । यो बाहेक यसले प्लाज्मा लिपिडको स्तरलाई पनि कम गर्न मद्दत गर्छ । यसले इन्सुलिनलाई नियन्त्रणमा राख्छ । फाइबर भएको खानेकुराको सेवनले तपाईँलाई धेरै समयसम्म भोक पनि लाग्दैन । जसको कारण तपाईँलाई अत्यधिक खाने बानीमा समेत कमी आउने गर्छ ।

वास्तवमा माछामा धेरै किसिमका पोषक तत्त्वहरू रहेका छन् । यसको नियमित सेवनले तपाईँलाई डायबिटिज हुने खतराबाट जोगाउनुका साथै मुटुसँग सम्बन्धित रोगहरू समेत लाग्न दिँदैन । यसको सेवनले तपाईँलाई स्वस्थ एवं निरोगी समेत बनाउन मद्दत गर्ने गर्छ । त्यसैले तपाईँले पनि आफ्नो खानपानमा माछालाई नियमित रूपमा समावेश गर्नु भयो भने तपाईँलाई डायबिटिज, मुटु रोग र मोटोपन हुनबाट जोगाउनुका साथै स्वस्थ समेत बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?