५ किलो चाँदीका गहनासहित एक जना पक्राउ

लोकपथ
65
Shares

वीरगंज  । पर्सा प्रहरीले चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा घर भई हाल चितवनको खैरहनी नगरपालिका २ बस्ने ४३ वर्षीय अंगद साह रहेका छन्।

पूर्व सूचनाको अधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधवार बिहान साढे ८ बजे वीरगंज–१६ स्थित शंकराचार्य गेट भएर वीरगंज भित्रिदै गरेको अवस्थामा उनको खानतलासी गर्दा झोलाबाट चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ केजी ३३४ ग्राम फेला पारेको थियो।

उनलाई उक्त चाँदीसहित नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनलाई भन्छार छली गरी ठूलो परिमाणमा चाँँदीको गहना वीरगंज भित्र्याएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?