क्रियाशील सदस्यता विवाद : सहमतिबाटै समाधान खोजिने नेता केसीको आश्वासन

लोकपथ
1.3k
Shares

काठमाडौं । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै डा. चन्द्रमोहन यादवको नेतृत्वमा आमरण अनशन चलिरहेको छ । ४ दिनदेखि कांग्रेस पार्टी कार्यालय सानेपामा आफ्ना मागहरू पूूरा नभएको भन्दै आमरण अनशनमा बसेको यादवले बताए ।

यसै सिलसिलमा आज कांग्रेसका वरिष्ठ नेता लेअर्जुन नरसिंह केसी आमरण अनशनमा बसेकाहरूसँग भेट गरेका छन् । भेटका क्रममा धनुषामा भएको सम्पूर्ण क्रियाशील सदस्यता वितरणको समस्या समाधान गर्न पार्टी र पार्टीलाई योगदान दिनुहुने सबैको सदस्यता छानबिन गरी न्याय दिलाउने केसीले बताए ।

‘‘हजुुरहरूको मागलाई छानबिन समितिले प्रक्रिया चालोस् र पार्टीको विधानसम्मत ढंगले समाधान गरोस्’’ उनले भने । ‘‘नेपाली कांग्रेस विधानको धारा ४ ले कुनै पनि वडाले पठाएको प्रस्तावना हुनुपर्ने र त्यहाँबाट भएर आएकाहरूलाई छानबिन समितिले छलफल गरी विवाद समाधान गर्ने बताउँछ, त्यहीअनुुसार सहमतिका आधारमा मिलाइनेछ ।’’

१३औँ महाअधिवेशन क्रियाशील सदस्यताका आधारमा अधिवेशन प्रराम्भ गर्ने सहमतिअनुसार जाने पनि केसीले बताए । उनले भने, ‘‘छानबिन समितिले प्रस्तुत गरेपछि वडा अध्यक्षले पठाएको सदस्यताको नामावली नै फेरबदल गरेर माथि पठाएको कुराहरू हामीले सुनेको र उहाँहरूबाट आएको कुरा हो ।’’, उनले भने, ‘‘आमरण अनशनमा बसेकाहरूले न्याय र पार्टीको विधानका निम्ति संघर्ष गरेका छन् । यो दुभाग्यपूर्ण स्थिति हो ।’’

तत्काल समाधानको बाटो निकालिनु पर्छ र पेलेर जाने खालको मानसिकता कसैको हो भने हामी पनि चुप लागेर बस्नेछैनौँ भन्दै उनले सहमतिबाटै समाधान खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?