प्रधानमन्त्री देउवालाई भेट्न विप्लव पुगे बालुवाटार

लोकपथ
98
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधवार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?