किन दिँदैछन् अमरेशकुमार सिंहले राजीनामा ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद अमरेशकुमार सिंहले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रदेश २ मा क्रियाशीलता सदस्यता विवादका कारण आफ्ना मतदाताहरुको अपमान भएको भन्दै पार्टीबाट राजीनामा दिन लागेको नेतना सिंहले लोकपथलाई जानकारी दिए ।

असल कार्यकर्ताहरुको अपमान गर्दै आफूखुसी क्रियाशील सदस्यता दिएको भन्दै आफूले साँझ ६ बजे पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउन लागेको जानकारी दिए ।

“नेपाली कांग्रेसको कार्यकर्ताको चुनौती छ निष्ठाबान आदर्शवान र पार्टीप्रति वीपीको कार्यकर्ताको पार्टी रहेपनि त्यसभित्र
दलाल, तस्कर र भुमाफिया देखि लिएर मनि मसलको आधारमा पार्टी कब्जा गर्नेको बीचमा द्वन्दात्मक स्थिती सिर्जना भएर मैले वीपीलाई सम्झेर राजीनामा दिन लागेको हुँ । त्यसको लागि पार्टी सभापति ज्यूसँग ६ बजेका लागि समय माग गरेको छु । ” उनले लोकपथसँग भने ।

प्रदेश नं २ का विभिन्न जिल्लामा लामो समयदेखी क्रियाशील विवादका कारण चलिरहेको अनसनमा पार्टीले कुनै चासो नदेखाएको उनको आरोप रहेको छ ।

“ लामो समयदेखि पार्टी कार्यालयमा अनसन बसिरहेका छन् । ” उनले भने, “पार्टी सदस्यता वितरण र क्रियाशील सदस्यता वितरणको नाउमा पार्टी कब्जा गर्ने अभियानको विरुद्धमा मेरो राजीनामा रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?