देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई सोधियो स्पष्टीकरण (पत्रसहित)

लोकपथ
280
Shares

काठमाडौं । नेकपा एमालेले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने २२ सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको हित विपरित भेला गरेको, गुटगत गतिविधि सञ्चालन गरेकोमर विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै २२ सांसदहरुलाई स्पष्टीकरण पत्र पठाइएको हो ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले २२ सांसदहरुसँग स्पष्टीकरण माग गरिएको हो ।

“पार्टीको विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरि विपक्षी गठबन्धनमा सामेल भई अपराध पूर्ण कार्य के कति कारण गर्नु भएको हो ?” ओलीद्वारा पठाइएको पत्रमा भनिएको छ ।

गत साउन ३ गते प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदहरुले विश्वासको मत दिएका थिए । साउन ४ गते बसेको एमाले स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुलाई पत्र भने साउन ५ गतेको मिति राखेर सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?