चेम्बर अफ कमर्सद्वारा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन

लोकपथ
42
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त समितिको उपसभापतिमा क्रमशः दियेश रत्न शाक्य, सुमन मान ताम्राकार तथा सदस्यहरुमा क्रमशः केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सुर्य कुमार वराल, अर्जुन विश्वकर्मा मनोनित भएका छन् ।

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुँदै नेपाल चेम्बर अफ कमर्सका मल्लले यस समितिमा सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हाशिल गरेकाहरुलाई प्रतिनिधित्व भएकोले चेम्बरको सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवर्द्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?