काठमाडौं । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुलको बिक्री वितरणमा संलग्न रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ बर्षीय रबिनराज श्रेष्ठ, गंगबु बस्ने ३६ बर्षीय राजु पौडेल, काठमाडौंकै निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ बर्षीय धनबहादुर श्रेष्ठ र भक्तपुर गोठाटार बस्ने ३६ बर्षीय बिरेन्द्र चौधरी रहेका छन्।
महानगरीय अपराध महाशाखा काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल, फ्लेभर सेन्थेटिक ड्रिंक्स र यस्तै प्रकारका पेय पदार्थहरु उपत्यकाका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिंक्स नेपालमा ल्याई बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
पक्राउ परेका चारै ४ जना व्यक्तिहरुबाट ४ हजार ८ सय ४८ थान रेडबुल समेत बरामद गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया