मालेलाई धक्का दिनेगरी यी सांसद गए माओवादीमा

नेकपा मालेकी सांसद कलसा महरा माओवादी पार्टी प्रवेश गरेकी छन् । माओवादी केन्द्रीय कार्यलय पेरिसडाँमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद महरालाई पार्टी प्रवेश गराएका हुन् । महरा कन्चनपुरबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।महरासँगै कुमा शाही, कमला भट्ट, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत मालेका जिल्लास्तरीय नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?