२२ श्रावण २०७८, शुक्रवार

भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित

२०७८,श्रावण,६,बुधबार १४:५१


भारत । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,श्रावण,६,बुधबार १४:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष शपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या,

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिनमा २७४ तालिबान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८