काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको तयारीमा लाग्न नेपाल जनस्वास्थ्य प्रतिष्ठानले सरकारको ध्यानाकर्षण गराएको छ ।
आज १८ बुँदे सुझाव दिँदै जनस्वास्थ्यविज्ञहरुले स्वास्थ्य क्षमताको अधिकतम स्तरमा बढाउन जोड दिएका छन् ।
त्यसैगरी वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै योग्यता, क्षमता, सत्यनिष्ठा र इमान्दारिता भएको व्यक्तिलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न समेत सुझाव दिइएको छ ।
सुझावको बुँदा नं ३ मा स्वास्थ्यकर्मीको उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गरिनुपर्नेमा जोड दिएका छन् । साथै आवश्यक औषधि तथा अक्सिजन आपूर्ती प्रभावकारी परीक्षण, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।
“स्वास्थ्यकर्मीको उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गरिनुपर्छ । आवश्यक औषधि तथा अक्सिजन आपूर्ती, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर गर्न जरुरी छ । संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाई सेवा सञ्चालन गर्नु आवश्यकता छ । अस्पतालको बेड, एचडीयू (अक्सिजन बेड), आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्ने हुन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै अन्तिम बुँदा अर्थात कोरोना प्रभावित व्यक्ति र परिवारका लागि खाद्य सुरक्षासहितको मनोसामाजिक परामर्श तथा आर्थिक सहयोगको समेत व्यवस्था गर्न आग्रह गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया