कमला नदीको बाढीले धनुषामा भत्कायो तटबन्ध

जनकपुरधाम । कमला नदीको बाढीले धनुषाको सबैलास्थित तटबन्ध भत्काएको छ । बाढीको उच्च बहावका कारण सबैला नगरपालिका–१३ स्थित किरतपुर र ढोलबज्जास्थित तटबन्ध भत्काएको हो ।

बाढीले मंगलबारदेखि तटबन्ध कटान गरिरहेको थियो । तटबन्ध जोगाउन स्थानीय र सुरक्षाकर्मी प्रयास गरे पनि आज बिहान तटबन्ध पुर्णरुपमा कटान गरिसकेको छ । तर बहाव घटेपछि पानी गाँउतिर पसेको छैन ।

अहिले नदीको बहावमा कमी आएपछि पानी बस्तीमा नपसे पनि पुनः बहाव उच्च भए गाउँमा पानी पस्ने चिन्ता स्थानीयमा बढेको छ।

बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास जारी राखे पनि बाढीको बेगले बाँध भत्काएको धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

पानीको बहाव अहिले कम भएकाले गाउँतर्फ प्रवेश नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?