देउवाले भने- ‘वीपी मेरो राजनीतिक गुरु मात्रै होइन अभिभावक पनि हुनुहुन्थ्यो’

लोकपथ
469
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी कोइराला आफ्नो राजनीतिक गुरु मात्र नभएर अभिभावक समेत रहेको बताएका छन् ।

आज ३९ औँ वीपी स्मृती दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै वीपीकै प्रेरणाबाट आफूहरु प्रजातान्त्रिक आन्दोलनमा लागेको बताए ।

“वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होईन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो । उहाँको प्रेरणालेनै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौ ।” प्रधानमन्त्री देउवाले भने ।

सामाजिक सञ्जालमा लेख्दै देउवाले आफूलाई ४ दशकअघिको वीपीको सामिप्यता फर्किएर आएको महसुस भएको बताउँदै जीवनभर वीपीको मार्गदर्शन लिएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

“आज उहाँको ३९ औ स्मृति दिवश । आज मेरो स्मृति ४ दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महशुस गरेको छु। तपाईको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ। श्रद्धय नेता वीपी कोइरालाप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु। जय नेपाल।” सभापति देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?