काठमाडौं । नेपाल टेलिकम वर्कस युनियनले आफ्नो ३० औँ वार्षिकोत्सव एवम् ३९ औँ वीपी स्मृती दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।
युनियनको वार्षिकोत्वस एवम् वीपी स्मृती दिवसको अवसरमा बागमती प्रदेश , काठमाडौंले एकीकृत सिर्जनशिल समाज नेपाल, शुभकामना चोकमा बस्दै आएका घरबारविहिन ४७ जना बालबालिकाहरुलाई पचास हजारको स्वास्थ्य सामाग्री र तीस हजार बराबरको चेक हस्तान्तरण गरि सहयोग उपलब्ध गराएको हो ।
सामाजिक उतरदायित्व र समाजप्रतिको ट्रेड यूनियनको मानवीय जिम्मेवारीलाई समेत विगत वर्षहरू देखि नै पूरा गर्दै आएको बताउँदै यूनियनले यस्ता सामाजिक जिम्मेवारीहरूमा आगामी दिनमा समेत निरन्तरता दिने युनियनका प्रादेशिक समिती, बागमती प्रदेशका अध्यक्ष अचुत ओझाले बताए ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति स्यामकृष्ण खड्कीले वीपीको समाजवाद र सपना समाजमा रहेका अबोध बालबालिकाहरुको व्यवस्थापन भएमा मात्रै पूरा हुने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै उनले यूनियनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद जोशी, तारकेश्वर नगरपालिका वडा नं १० का नेपाली काग्रेस वडा सभापति कुमार राई र कार्यक्रमका सभापति एवं यूनियनका वाग्मती प्रदेश अध्यक्ष अचुत ओझाले शुभकामना मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया