नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु

लोकपथ
175
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ।

बुधवार (आज) दिउँसो १ बजे बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

मंगलवार बानेश्वरमा बसेको अनौपचारिक बैठकले बुधवार स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । मंगलवारको छलफलमा संसद जोगाउन सफल भएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष समेत निकालेको थियो ।

आजको स्थायी कमिटीको बैठकमा समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?