१० मङ्सिर २०७९, शनिवार

गगन थापाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण : ‘विदेशमा उपचार गर्नेको खर्च सरकारले व्यहोर्नु गैरकानुनी’

२०७८,श्रावण,६,बुधबार १२:५७

1.215k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार खर्चबारे प्रतिक्रिया दिएका छन् ।

विदेशमा उपचार गर्ने बहालवालादेखि पूर्व राष्ट्रपति प्रधानमन्त्री लगायतको सरकारी कोषबाट उपचार खर्च दिने कुरा गैरकानुनी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएको भन्ने समाचारहरु बाहिरिएको थियो । यसैक्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतको उपचार खर्च व्यहोर्ने कानून नभएको भन्दै त्यसबारे सचेत रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले अघिल्लो केपी ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको भागिदार वर्तमान सरकार हुन नहुने समेत बताए ।

“सम्माननीय प्रधानमन्त्रीज्यू अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।” उनले भनेका छन् ।

त्यस्तै आफू स्वास्थ्यमन्त्री भएको बेला नै जनस्वास्थ्य ऐनमा संशोधन गरी विदेशमा उपचार गर्नेहरुका लागि सरकारले खर्च नव्यहोर्ने नीति निर्माण गरिएको बताए ।

“२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनूभन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ।  यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।” सांसद थापाले भने ।

त्यसैगरी पूर्वप्रधानमन्त्री खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै उनको खर्चको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिपरेको बताएका छन् । यसको साथै उनको उपचारका लागि समस्या परेमा सम्पूर्ण नेपाली मिलेर सहयोग गर्न सकिने समेत बताए ।

“जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ। उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ।उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।” उनले भने । “यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।”

केपी ओली नेतृत्वको सरकारले नेता खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने बताएपनि सरकारमार्फत नै रकम पठाउने प्रक्रिया शुरु गरेको थियो ।

प्रकाशित मिति: २०७८,श्रावण,६,बुधबार १२:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्य १३०

ताजा समाचार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २३:१९
मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी
 २०७९,मङ्सिर,१०,शनिवार २२:२९
धनुषा–१ बाट जसपाका कार्की निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २२:१४
इलाम केन्द्रविन्दू भएर भूकम्प
 २०७९,मङ्सिर,१०,शनिवार २०:५७
इलाम–२ मा रोकियो मतगणना
 २०७९,मङ्सिर,१०,शनिवार २०:४२
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
 २०७९,मङ्सिर,१०,शनिवार १९:२८