विश्वका टप २० एयरलाइन्सको सूची सार्वजनिक, कुन सबैभन्दा सुरक्षित ?

लोकपथ
4.1k
Shares

काठमाडौं । २०२० र २०२१ को सुरुवाती समय एयरलाइन्सहरुका लागि सुखद रहेन । कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेपछि मानिसहरु घरभित्रै बस्न बाघ्य भए । जसका कारण विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्यो त्यो मध्ये एक हो एयरलाइन्स कम्पनी ।

यसैबीच एयरलाइन्सरेटिङ डटकमले विश्वका टप एयरलाइन्सको सूचि २०२१ सार्वजनिक गरेको छ । एयरलाइन्सरेटिङ डटकमका अनुसार कतार एयरवेज विश्वकै एक नम्बरमा रहेको छ ।

-कतार एयरवेज
एयरलाइन्स रेटिङ डटकमले कतार एयरवेज विश्वकै एक नम्बरमा राखेको छ । कोरोनाको समयमा कतार एयरवेजले धेरै उद्धार उडान गरेको थियो । कतार एयरवेजको कम्फट र सेफ्टीका आधारले पनि माथि रहेको एयरलाइन्सरेटिङ डटकमले जनाएको छ ।

एयरलाइन-रेटिंग्स-सर्वश्रेष्ठ-एयरलाइन्स -2021 (1)

त्यस्तै कतार एयरवेजपछि दोस्रो नम्बरमा एयर न्यूजिल्यान्ड रहेको छ । तेस्रो नम्बरमा सिङगापुर रहेको छ भने चौथो नम्बरमा क्वान्टास एयरलाइन्स रहेको छ । त्यस्तै पँचौ नम्बरमा एमिरेट्स एयरलाइन्स रहेको छ ।

विश्वका २० उत्कुष्ट एयरलाइन्स :

  • कतार एयरवेज
  • एयर न्यूजील्याण्ड
  • सिंगापुर एयरलाइन्स
  • क्वान्टस एयरलाइन्स
  • अमीरेट्स एयरलाइन्स
  • क्याथे प्रशान्त एयरलाइन्स
  • भर्जिन अटलान्टिक एयरलाइन्स
  • युनाइटेड एयरलाइन्स
  • ईवा एयरलाइन्स
  • ब्रिटिश एयरवेज
  • लुफ्तान्सा एयरलाइन्स
  • सेना एयरलाइन्स
  • फिन्नयर एयरलाइन्स
  • जापान एयर लाइन्स
  • के एल एम एयरलाइन्स
  • हवाइयन एयरलाइन्स
  • अलास्का एयरलाइन्स
  • भर्जिन अष्ट्रेलियाडेल्टा
  • इतिहाद एयरवेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?