प्रधानमन्त्री देउवासँग महन्थको भेट, विश्वासको मत दिँदा भएका सहमतिबारे छलफल

लोकपथ
247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् ।

अध्यक्ष ठाकुर मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

सरकारलाई विभिन्न मागसहित विश्वासको मत दिएका महन्थले आज प्रधानमन्त्री देउवासँग भेटेर त्यसबारे छलफल गरेका हुन् ।

यसअघि मंगलवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले जसपाका नेता रेशम चौधरी लगायत राजनीतिक बन्दीको रिहाइसहित विभिन्न मागहरुसहित सरकारको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?