लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति ‘युरो कप विथ फोनलोन’ को विजेता

लोकपथ
481
Shares

काठमाडौं । लक्ष्मी बैंकका अशोक कुमार खति फोनलोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ ।

यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् । उनले सामसङ्ग को ५५ इन्च स्मार्ट टिभी जित्न सफल भएको बैंकले जानकारी दिएको छ।

सो क्याम्पेन असार १ गते देखी २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंकहरु लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरद्वारा गरिएको बैंकले बताएको छ ।

यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज (रहित, धितो) रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?