घट्यो सुनचाँदीको मूल्य

लोकपथ
416
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार २ सय रहेको थियो । आज सुनको मूल्यमा गिरावट आई प्रतितोला छापावाला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदी १२ सय ८० रहेकोमा आज १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?