वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

लोकपथ
13
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्गजाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो ।

साउन ५ गते मंगलवारबाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरेका थिए ।

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकको सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानबाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?