२२ श्रावण २०७८, शुक्रवार

अब बिनाएटीएम कार्ड पैसा झिक्न सकिने

२०७८,श्रावण,६,बुधबार १०:४३


काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।

हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मित गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विदड्र अप्सनमा रोजी एसएमएसमा आएको कोडको प्रयोग गरी सजिलै कार्डबिना नै रकम झिक्न सकिने छ ।

यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिने छ । सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,६,बुधबार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ३५ करोड ८० लाख रुपैयाँ

काठमाडौं । कारोबारको अन्तिम दिन सेयरबजार परिसूचक नेप्सेमा १६ अंकले घटको छ । बुधबार १२.०५ अंकले बढेर ३१ सय २३.१४

ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोडबराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका

काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । बुधबार सुनको मूल्य ९२ हजार कायम भइ कारोबार

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८