प्रभु बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

लोकपथ
169
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ ।

प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।

मंगलवार एक कार्यक्रमकाबीच प्रभु बैंकको बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्पmबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

जसअनुसार प्रभु बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको बताइएको छ ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने विश्वास लिएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?