जेफ बेजोसको अन्तरिक्षमा त्यो १० मिनेट (भिडियोसहित)

लोकपथ
312
Shares

काठमाडौं । विश्वकै धनाढ्य एवम अमेजन कम्पनीका संस्थापक जेफ बेजोस मंगलवार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् ।

बेजोस आफ्नै रोकेट ‘न्यू शेपर्ड’को पहिलो क्रू उडानमार्फत्क करीब १० मिनेटको अन्तरिक्ष यात्रा पूरा गरी पृथ्वीमा सकुशल अवतरण गरेका हुन् ।

अन्तरिक्षको यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्वपाइलट तथा अमेरिकी अन्तरिक्ष कार्यक्रमकी पूर्वसदस्य वाली फंक र एक १८ वर्षीय विद्यार्थी ओलिभर डायमेन रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जानकारी दिएको छ ।

The moment the capsule touched down in the West Texas desert

चारै जना पृथ्वीबाट उडेको १० मिनेट १० सेकेन्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा फर्किएर अवतरण गरेका थिए ।

पृथ्वीबाट उडेको १० मिनेट १० सेकेन्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा अवतरण गर्नासाथ जेफ बेजोसले खुसीले चिच्याउँदै ‘बेस्ट डे इभर’ भनेका थिए ।

नेपाली समय अनुसार मंगलवार बेलुकी ६:४५ बजे उक्त रकेट अन्तरिक्षतर्फ उडेको थियो । उडान भरेको केवल २ मिनेटपछि रकेटबाट क्याप्सुल अलग भएको थियो र एक सय किलोमिटर माथि अन्तरिक्षको सतहसम्म पुगेको थियो ।

Infographic

१० मिनेट १० सेकेन्डको उक्त समयमा चारैजना यात्रीहरुले करिब ४ मिनेट फ्रिफलको अनुभव गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुको आफ्नो सिटबेल्ट खोले र हावामा फ्रिफल र पृथ्वीको दृश्यावलोकन मजा लिएका थिए ।

को हुन जेफ बेजोस ?

२०२० मा विश्वकै सबै भन्दा व्यक्ति जेफ बेजोस अमेजनका मालिक हुन् । अमेजन शुरु गर्नु अगाडि उनले कम्प्युटर तथा मोबाईलबाट क्लिक अथवा अर्डर गरेकै भरमा घरमा सामान पुर्‍याउने कल्पना गरेका थिए ।

सोही कल्पनालाई साकार गर्दै उनले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए । अमेजन अहिले संसारकै पहिलो खर्ब डलरको कम्पनी बन्ने दौडमा छ । अमेजन विश्वकै सबै भन्दा सफल कम्पनी मध्ये एक हो ।

पुराना किताब बिक्रीबाट शुरु भएको अमेजन कम्पनी अहिले विश्वका सबै देशहरुमा विभिन्न सामान बेच्ने गर्दछ ।

बेजोस २०२०मा विश्वकै धनी व्यक्ति भएका थिए । उनी भविष्यमा अन्तरिक्षसम्मको यात्रा गर्ने कल्पना गरिरहेका छन् । सन् २०१३ मा वाशिङ्टन पोष्ट खरिद गरेको अमेजनले सन् २००४ मा ब्लू ओरिजिन नामक एअरस्पेस फर्म फनि स्थापना गरिसकेको छ । आगामी वर्षहरुमा अमेजनले अन्तरिक्ष यात्राको टिकट पनि बेच्ने योजनामा रहेको छ ।

न्यू मेक्सिकोमा सन् १९६४ मा जन्मेका जेफले हाई स्कुलको बिदाई समारोहमा अन्तरिक्षमा कोलनी बनाउने कल्पना गरेका थिए । सन् १९८६ प्रिस्टन विश्वविद्यालयमाबाट इलेक्ट्रिकल इञ्जिनियरिङ ब्याच्लर इन साइन्सको डिग्री लिएका जेफले केही समय फाईनान्स कम्पनीमा पनि काम गरेका थिए ।

Jeff Bezos

जेफले अमेजनको शुरुवात ग्यारेजबाट पुराना किताब बेचेर गरेका थिए । सन् १९९५ मा सार्वजनिक भएको अमेजनले एक महिनामा अमेरिकाका ५० राज्य र ४५ वटा देशबाट अर्डर लिएको थियो ।

अमेजनमा अहिले ५ लाख ७५ हजार कर्मचारी काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?