कैलाली । कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् ।
आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७/७८ मा पाँच अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले चार अर्ब ५० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य दिएकामा पाँच अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिए । “यो राजश्व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो”, देवकोटाले भने, “यस वर्ष लक्ष्यभन्दा राजश्व राम्रो सङ्कलन भएको छ ।”
कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा ५१ करोड ७४ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । आयकरतर्फ २७ करोड ७१ लाख ५८ हजार रुपैयाँ, आन्तरिक करतर्फ १७ करोड ७२ लाख एक हजार रुपैयाँ, घरबहाल करबाट एक करोड १४ लाख ६९ हजार रुपैयाँ, अन्तःशुल्कबाट चार करोड १९ लाख चार हजार रुपैयाँ, ब्याजदरतर्फ ९४ लाख ८२ हजार रुपैयाँ, स्वास्थ्य सेवाकर १० हजार रुपैयाँ र शिक्षा सेवा शुल्क एक लाख ८७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
अघिल्लो आव २०७६/७७ मा करदाता सेवा कार्यालय लम्कीबाट तीन करोड ९९ लाख ५५ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७/७८ मा करदाता सेवा कार्यालय लम्कीबाट ४७ करोड ७४ लाख ५५ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिए । “अघिल्लो वर्षभन्दा यस वर्ष राजश्व सङ्कलनमा सुधार आएको छ”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया