काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वीपीले देखाएको प्रजातन्त्रको बाटो नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन् ।
बुधवार वीपी स्मृति दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ नेता सिंहले वीपीले देश र जनतालाई सर्वोपरी ठानी संविधानवाद र प्रजातन्त्रको बाटोमा हिड्न सिकाएको भन्दै कांग्रेसले सो बाटो आत्मसात् गर्नुपर्ने बताएका हुन् ।
‘वीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात् गर्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसो गर्दा मात्र वीपीप्रति सच्चा सम्मान हुनेछ ।’
नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि वीपीले गरेको योगदान सधैं स्मरणीय रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया