लेजेण्ड ‘एल क्लासिको’मा रियल मड्रिड विजयी

काठमाडौं। बार्सिलोना लेजेण्ड र रियल मड्रिड लेजेण्डबीच भएको मैत्रीपूर्ण ‘एल क्लासिको’मा रियल मड्रिड ३-२ गोलले विजयी भएको छ।

इजरायलको तेल अभिभस्थित ब्लुमफिल्ड स्टेडियममा मंगलवार राती भएको मैत्रीपूर्ण एल क्लासिकोमा धेरै विश्वविख्यात खेलाडी मैदानमा देखिएका थिए। बार्सिलोना लेजेण्डबाट रोनाल्डिन्हो, रिभाल्डो, डेको जस्ता खेलाडी सहभागी थिए भने रियल मड्रिड लेजेण्डबाट लुइस फिगो, रोबर्टो कार्लोस, फर्नान्डो सान्ज जस्ता खेलाडी सहभागी भएका थिए।

सहभागी खेलाडी र शुरुवाती ११

बार्सिलोना लेजेण्ड: एँगोय, जुवान कार्लोस, डेहु, टोर्टोलेरो, गोइकोएसिया, डेको, मेन्डिटा, आरपोन, रिभाल्डो, सावियोला, रोनाल्डिन्हो, गुजमान, आमोर, रोनाल्ड डे बोर, कोको, जोफ्रे माटेयु, ओकुनोवो

रियल मड्रिड लेजेण्ड: कोडिना, नुनेज, इभान काम्पो, फर्नान्डो सान्ज, रोबर्टो कार्लोस, मिल्ला, रिभेरा, फिगो, आमाभिस्का, डे ला रेड, अल्फोन्सो, भेलास्को, भिक्टर, एलेक्स, मुनिटिस

गोल

१-० (२७ मिनेट) रोनाल्डिन्हो
१-१ (४२ मिनेट) मुनिटिस
१-२ (४४ मिनेट) अल्फोन्सो
२-२ (६० मिनेट) जोफ्रे माटेयु
२-३ (७० मिनेट) डे ला रेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?