काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको तागतका कारण प्रतिगामी तत्वहरु परास्त भएको बताएका छन् ।
बुधवार मुस्लिम धर्मावलम्बीको चाड बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना शन्देश दिदैँ अध्यक्ष प्रचण्डले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गरेको र ति हक अधिकारहरुको कटौती हुन थालेको भएपनि त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएको बताए । उनले यस दिनलाई समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह पनि गरे ।
अध्यक्ष प्रचण्डले जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया