काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आजपनि बस्दैछ ।
च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।
सोमवारदेखि जारी बैठकमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २२ जना सांसदहरुलाई स्पष्टिकरण सोधिएको छ ।
मंगलवार प्रदेश अध्यक्षहरुले प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गरेका छन् । उनीहरुले पार्टीको विवाद छिटो मिलाएर पार्टीलाई गती दिनुपर्ने सुझाव दिएका छन् ।
आजको बैठकले सम्भवत्ः २२ जना सांसदलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया