टी-ट्वेन्टी सिरिज पनि इङ्ल्यान्डकै नाममा, पाकिस्तान पराजित

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले अन्तिम टी-ट्वेन्टी खेलमा ३ विकेटले पराजय भोगेको छ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पाकिस्तानका ओपनर तथा उप-कप्तान मोहम्मद रिजवानले अविजित ७६ रनको पारी खेलेका थिए। अन्य ब्याट्सम्यान सस्तोमै पविलियन फर्किँदा फकर जमानले २४ रन बनाए। निर्धारित २० ओभरमा पाकिस्तानी टोलीले ६ विकेटको क्षतिमा १५४ रनको योगफल तयार गर्न सफल भएको थियो। पाकिस्तानलाई सस्तोमै रोक्ने क्रममा इंग्लिश स्पिनर आदिल राशिदले ४ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा १५५ रनको लक्ष्य लिएर क्रिजमा आएका इंग्लिश ओपनर जेसन रोयले ६४ रन बनाए। त्यस्तै डाविड मलनले ३१ तथा जोस बटलर र कप्तान अन मोर्गनले समान २१ रन बनाउँदा इङ्ल्यान्डले १९.४ ओभरमा जित हासिल गरेको थियो।

यस जितसँगै इङ्ल्यान्डले ३ टी-ट्वेन्टी खेलको शृंखलामा २-१ को जित दर्ता गरेको छ। खेलमा जेसन रोय ‘म्यान अफ दि म्याच’ घोषित भए भने लियम लिभिङस्टोन ‘म्यान अफ दि सिरिज’ चुनिए। यसअघि इङ्ल्यान्डले पाकिस्तान माथि एकदिवसीय खेलको शृंखलामा पनि ३-० को जित दर्ता गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?