काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको बताएका छन् ।
क्रियाशिल सदस्यताको सम्बन्धमा पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनसहित आन्दोलन गरिरहेका नेता, कार्यकर्ताहरुको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको बताउँदै नेता कोइरालाले क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको बताएका हुन् ।
उनले विधान विपरीत बाडिएका क्रियाशील सदस्यता कुनैपनि हालतमा स्वीकार नहुने बताए ।
नेता कोइरालाले इमान्दार कार्यकर्तामाथि हुने अन्याय सहन नसकिने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया