काठमाडौं । सार्वजनिक सवारी साधनले जथाभावी भाडा असुल्न थालेको जनगुनासो बढेपछि उपत्यकामा ट्राफिक प्रहरीले निगरानी गर्न थालेको छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलवारदेखि अनुगमन तथा निगरानीलाई तिव्रता दिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जनचेतनामूलक अभियानहरू सँगै विभिन्न टिम बनाएर भाडा दर बढि लिने सवारीसाधनलाई निगरानी गरिरहेको बताए । भट्टराईका अनुसार यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि स्थानीय रुटमा भाडा बढाएको होइन । तर व्यवसायीले राजधानीमै मनोमानी ढंगले बढि भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले ठाउँको ठाउँ समाउने र मुद्दा समेत चलाउने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटाका ट्राफिकले यात्रु सँग भाडाको विषयमा के कति भनेर बसभित्र पुगेर सोधपुध गर्ने बताए । ट्राफिक नियमको विषयमा तथा पिडित भए गुनासो कहाँ भन्ने विषयमा समेत ट्राफिक प्रहरीले यात्रुलाई जानकारी गराउने गरेको निरिक्षक देवकोटाको भनाई छ ।

उपत्यकाका विभिन्न स्थामा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । कुनै सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढी भाडा लिएमा महाशाखाको निःशुल्क फोन नम्बर १०३ मा खबर गर्न ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया