एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको उपस्थितिमा ‘आईटी आर्मी’ गठन

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा(एमाले) प्रवेश गरेका पूर्व माओवादी नेताहरुको उपस्थितिमा समाजवादी व्यवस्थामा सहयोग पुराउने भन्दै आइटी आर्मी गठन गरिएको छ ।

मंगलवार एमालेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेताहरुको उपस्थितीमा चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेगरी आईटी आर्मी गठनको घोषणा गरिएको हो ।

आईटी आर्मीले श्रमजीवी तथा उत्पिडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने बताईएको छ । यसको प्रदेश र जिल्ला तहमा पनि संगठन बनाईने जनाइएको छ ।

आईटी आर्मीले समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहिनता एवं अस्थिरता विरुद्ध संघर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भईरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, खचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरुमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?