माधव नेपाल पक्षका सांसदहरुको भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

लोकपथ
377
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । उनले भने, ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भन्नुभयो, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।’

अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको उनले बताए ।

त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताईन् । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको उनको भनाई छ । ‘सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन’, नेतृ झाँक्रीले भनिन्, ‘हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?