१४ जेष्ठ २०८०, आईतवार

पार्टीको विवाद टुंगिएपछि मात्र जसपा सरकारमा सहभागि हुने

२०७८,श्रावण,५,मंगलवार १९:५१

207
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको छ । मंगलवार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई लगायतका २० सांसद उपस्थित भएका थिए ।

आजको बैठकले सरकारमा सहभागी हुनेबारे भने कुनै निर्णय नगरेको नेता प्रदीप यादवले जानकारी दिए । निर्वाचन आयोगमा पार्टीको विवाद विचाराधीन अवस्थामा रहेकाले अहिले नै सरकारमा जानेबारे निर्णय नगरिएको हो । उक्त विवादको टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने उनको भनाइ छ । उनले भने–‘संसदीय दलको विधान सर्वसम्मतिले पारित गरिएको छ । आजको बैठकमा सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयमा छलफल भएन । निर्वाचन आयोगमा पार्टीको विवाद विचाराधीन अवस्थामा रहेको छ । उक्त विवादको टुंगो लागेपछि मात्र सरकारमा जाने विषयमा निर्णय गरिनेछ ।’

 

प्रकाशित मिति: २०७८,श्रावण,५,मंगलवार १९:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९