१४ जेष्ठ २०८०, आईतवार

समायोजनका नाममा पार्टी संरचना कब्जा गर्न खोजियो–कांग्रेस नेता

२०७८,श्रावण,५,मंगलवार १९:२३

216
Shares

काठमाडौं । नेपाली कांग्रेसका १० जना नेताहरूले समायोजनका नाममा पार्टी संरचना कब्जा गर्न खोजिएको बताएका छन् । मंगलवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले अहिले पार्टीको मर्ममाथि नै प्रहार गरेको टिप्पणी गरेका हुन् । उनीहरूले विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीलाई बलियो नबनाउनेमा समेत जो दिएका छन् । ‘हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर, एकैचोटी पुराना साथीहरुको विस्थापन हुने गरि जथाभावी गर्नु हुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ’–विज्ञप्तिमा भनिएको छ,–‘तसर्थ नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरूको विधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ ।’

त्यस्तै महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यहरुको विवादले निर्धारित समयमा महाधिवेशन हुनेमा संशय बढाएको उनीहरूले चिन्ता समेत रहेको छ । ‘हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ। यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय विपरीत गरिने कार्यले कसैको भलो गर्दैन’–विज्ञप्तिमा भनिएको छ,–‘प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको क्रियाशील सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन् । कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ । आज क्रियाशील सदस्य सम्बन्धी विवाद पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ । यो गम्भीर विषय हो ।’

कांग्रेसका नेताहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

प्रकाशित मिति: २०७८,श्रावण,५,मंगलवार १९:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९