प्रचण्डपत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री देउवा पुगे खुमलटार

लोकपथ
280
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहालपत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुगेका हुन् । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार “प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो ।”

पार्किन्सन् रोगका कारण लामो समयदेखि दाहाल पत्नी अस्वस्थ छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?