काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठक बानेश्वरमा जारी छ ।
मंगलबार बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षको बैठक बसेको हो । बैठकमा पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
साथै आजको बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय समेत गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया